सात राउण्ड गोली र पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ
काठमाडाैं | पुस १८, २०७९
बारा: सात राउण्ड गोली र पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको पूर्वीचम्पारण मोतिहारी–१६ घर बताउने ४० वर्षीय चन्दन कुमार रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले एउटा पेस्तोल र त्यसमा प्रयोग गरिने ७ राउण्ड गोलीसहित चन्दनलाई नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका कुमारलाई पचरौता नगरपालिका–४ गुलरिया सीमा नजिकै शंकास्पद अवस्थामा देखेपछि गस्तीमा खटिएको सशस्त्र प्रहरीले चेकजाँच गर्दा सो समान बरामद भएको हो ।
कुमारको साथमा मोडल नम्बर २०२२ आरएफआइको एउटा पेस्तोलमा तीन राउण्ड गोली लोड, एउटा म्याग्जिन र चार राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका सूचना अधिकारी एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक अम्बर बहादुर खत्रीले जानकारी दिनुभयो ।
त्यस्तै, ११ हजार २७० भारतीय रुपियाँ, तीन वटा भारतीय आधार कार्ड र एउटा मोवाइल सेटसमेत बरामद भएको छ । पेस्तौलसहित पक्राउ परेका कुमारलाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसअघि सोही जिल्लाको महागढीमाई नगरपालिका २ भुतही पुल नजिकै पुस ८ गते मोटरसाईकलमा आएका दुई जना अज्ञात व्यक्तिले भारत घर भएका ५० वर्षीय शिवपुजनप्रसाद यादवलाई गोली हानी फरार भएका थिए । सो घटनामा एक जना पक्राउ परेका छन् भने सशस्त्र प्रहरिले सीमा क्षेत्रमा चेकजाँचमा कडाइ गरेको बारा प्रहरीले जनाएको छ ।
काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

